काठमाडौँ, २१ चैत । १० महिला चलचित्रकर्मीलाई ‘चलचित्रमा नारी सम्मान’ प्रदान गरिएको छ ।
चलचित्र विकास बोर्डको आयोजना तथा महिला चलचित्रकर्मी सशक्तीकरण समितिको संयोजनमा १० महिला चलचित्रकर्मीलाई सम्मान गरिएको हो ।
सम्मानित हुने १० महिला चलचित्रकर्मीमा गौरी मल्ल, ऋचा शर्मा, अञ्जना बराइली, शारदा गिरी, रीना मोक्तान, प्रज्ञा जोशी, देविका बन्दना, गीता अधिकारी, लक्ष्मी श्रेष्ठ र गौमाया गुरुङ छन् ।
कार्यक्रममा नगद २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो । यसैबीच, कार्यक्रममा चलचित्र ‘कुमारी’का कलाकारहरूको मुहारचित्र हस्तान्तरण तथा ललितकला कलाकारहरूलाई प्रमाणपत्र वितरणसमेत गरिएको थियो ।






