‘बाब अल–मन्डेब’ जलमार्ग पनि बन्द गर्ने इरानको चेतावनी

एजेन्सी, २१ चैत । इरानले होर्मुज जलमार्गमा जारी नाकाबन्दीलाई थप विस्तार गर्दै विश्वकै अर्को महत्वपूर्ण समुद्री मार्ग बाब अल–मन्डेब जलमार्ग पनि निशाना बनाउन सक्ने संकेत दिएको छ । 

इरानी संसद्का सभामुख मोहम्मद बाकेर घालिबाफले सामाजिक सञ्जाल ‘एक्स’मार्फत विश्वव्यापी आपूर्ति श्रृंखलामाथि प्रश्न उठाउँदै चेतावनी दिएको आईएएनएसले जनाएको छ । उनले भने, “विश्वको कुल तेल, एलएनजी, गहुँ, चामल र मलको कति हिस्सा बाब अल–मन्डेब भएर जान्छ ?”

उनले कुन देश र कम्पनीहरू यो मार्गमा बढी निर्भर छन् भन्ने विषयमा विश्लेषण भइरहेको संकेत गर्दै इरानले अब ती देशहरूलाई आर्थिक दबाबमा पार्ने रणनीति लिन सक्ने संकेत दिएका छन् ।

इजरायलमाथि भीषण रकेट र ड्रोन वर्षा
इरान र उसका सहयोगी शक्तिहरूले ‘अपरेसन ट्रु प्रोमिस ४’ अन्तर्गत शुक्रबार इजरायलमाथि ठूलो आक्रमण गरेका छन् । 

इरानी सञ्चारमाध्यम प्रेस टीभीका अनुसार पश्चिमी ग्यालिली, हाइफा, कफ्र कन्ना र क्रायोत क्षेत्रका सैन्य अखडा र जमघट भएका स्थानहरूलाई निशाना बनाइएको थियो ।

आक्रमणमा ठोस र तरल इन्धनयुक्त मिसाइल, लामो दूरीका गाइडेड मिसाइल र आत्मघाती ड्रोनहरूको संयुक्त प्रयोग गरिएको बताइएको छ ।

यो आक्रमण सैयद हसन नसरल्लाह र शेख अहमद यासिनप्रति समर्पित गरिएको जनाइएको छ ।

इरानले यसलाई फेब्रुअरी २८ को घटनाको बदलाको रूपमा वर्णन गरेको छ, जसमा सैयद अली खामेनी र अन्य उच्च सैन्य अधिकारीहरू मारिएको दाबी गरिएको छ ।

इरानले आफ्नो ऊर्जा केन्द्र र मिनाबस्थित एक प्राथमिक विद्यालयमा करिब १७० बालबालिकाको मृत्यु भएको हमलाको जवाफस्वरूप यो कदम चालेको जनाएको छ ।

यस घटनाक्रमले मध्यपूर्व क्षेत्रमा तनाव झनै चुलिएको छ । होर्मुजसँगै बाब अल–मन्डेबजस्ता रणनीतिक जलमार्गहरूमा अवरोध सिर्जना भएमा विश्वव्यापी ऊर्जा आपूर्ति, व्यापार र समुद्री सुरक्षामा गम्भीर प्रभाव पर्न सक्ने विश्लेषण गरिएको छ । एएनआई

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र

काठमाडौँ, २१ चैत । काठमाडौँ महानगरपालिकाभित्र करिब १९०० सहकारी सञ्चालनमा छन् । सञ्चालनमा रहेको सहकारीमध्ये ५० प्रतिशतले पनि नियमित रूपमा प्रतिवेदन

काठमाडौँ, २१ चैत । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू पार्टीको कुनै पनि समूहमा नरहेको बताएका छन् । आज

काठमाडौँ, २१ चैत । प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीले दाबी गरेको छ । अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीले उपसभामुखमा महिला