‘अनुसन्धानको प्रहरी हुँ’ भन्दै अपहरण गर्ने व्यक्ति पक्राउ

काठमाडौँ, २० चैत । आफूलाई राष्ट्रिय अनुसन्धान विभागको प्रहरी अधिकारी बताउँदै एक व्यक्तिको अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिका वडा नं. ३ घर भएका ५३ वर्षीय दीपक खड्का रहेका छन् ।

गत माघ २८ गते भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ५ बस्ने ४७ वर्षीय पूर्ण बहादुर थापाको घरमा पुगेर खड्काले आफू ‘अनुसन्धान विभागको प्रहरी’ भएको भनी परिचय दिएका थिए । उनले थापालाई होटलमा पुर्‍याई डर, धाक र धम्की देखाएर अपहरण तथा शरीर बन्धक बनाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

फरार रहेका खड्कालाई खोजतलास गर्ने क्रममा काठमाडौँ महानगरपालिका-८ गौशाला क्षेत्रबाट नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले पक्राउ परेका खड्कामाथि ‘अपहरण तथा शरीर बन्धक’ कसुर अन्तर्गत मुद्दा दर्ता गरिएको छ । अदालतबाट म्याद थप गरी उनीमाथि विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ चैत । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत जीर्ण

काठमाडौँ, २१ चैत । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका

काठमाडौँ, २१ चैत । आज २०८२ साल चैत २१ गते शनिबारको राशिफल । मेष : दिन राम्रो छ । रोगसँग लड्ने

काठमाडौँ, २० चैत । लागुऔषध खैरो हेरोइनसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले नुवाकोटका २८