खैरो हेरोइनसहित एक जना पक्राउ

काठमाडौँ, २० चैत । लागुऔषध खैरो हेरोइनसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले नुवाकोटका २८ वर्षीय उमेश राईलाई शुक्रबार पक्राउ गरेको हो ।

काठमाडौँको तारकेश्वर बस्दै आएका राईको साथबाट साढे ६ लाख नगदसहित ९८ ग्राम ७१० मिलिग्राम खैरो हेरोइन बरामद गरेको हो ।

उक्त रकमसमेत लागुऔषध कारोबारबाट नै आजर्न गरेको प्रहरीको ठहर छ । राईलाई प्रहरीले लागुऔषध मुद्दामा अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ चैत । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत जीर्ण

काठमाडौँ, २१ चैत । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका

काठमाडौँ, २१ चैत । आज २०८२ साल चैत २१ गते शनिबारको राशिफल । मेष : दिन राम्रो छ । रोगसँग लड्ने

काठमाडौँ, २० चैत । लागुऔषध खैरो हेरोइनसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले नुवाकोटका २८