मति अनुकूल गतिलाई बुझ्ने मुर्खता नगरौं : ईश्वर पोखरेल

काठमाडौँ, २० चैत । नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले आफ्नो मति अनुकूल परिस्थितिलाई बुझ्ने मुर्खता नगर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा ‘नेकपा (एमाले) को रक्षाका लागि’ शीर्षकमा एक स्टाटस लेख्दै नेता पोखरेलले विकसित परिस्थिति अनुसार आफ्नो चिन्तन र व्यवहारमा सुधार गर्नुपर्नेमा जोड दिएका हुन्।

‘गति अनुसार मति बनाऔं, आफ्ना (बिग्रिएका) मति अनुकूल गतिलाई बुझ्ने मुर्खता नगरौं,’ पोखरेलले लेखेका छन्, ‘गति अनुसार मति सपार्ने काममा लागौं, सिंगो एमाले पंक्तिले यो कुरा बुझौं।’

सिद्धान्तहीन सत्ता स्वार्थ, सत्ता अवसरवाद, आत्मकेन्द्रित अभिव्यक्ति र विधि-पद्धति विपरीतका गतिविधि पार्टीका लागि अत्यन्तै हानिकारक रहेको भन्दै उनले यस्ता कुराबाट बच्दै पार्टीलाई नयाँ स्तरमा गतिवान बनाउन एकताबद्ध हुनुपर्ने अहिलेको आवश्यकता रहेको औंल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ साउन । धनुषामा करेन्ट लागेर एक २३ वर्षीया युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार महोत्तरीको एकडारा गाउँपालिका–१

काठमाडौँ, ३१ साउन । लागुऔषध मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया उपमहानरपालिका–९ घर

काठमाडौँ, ३१ साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३६ सय रुपैयाँले

काठमाडौँ, ३१ साउन । झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३