आजदेखि लागू हुनेगरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ, २० चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेसँगै आजबाट पेट्रोलको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

बिहीबार निगमले पेट्रोल  तथा डिजेलमा प्रतिलिटर १५ रुपैयाँले मूल्य बढाउने निर्णय गरेको थियो । निगम सञ्चालक समितिको चैत १९ गतेको निर्णयअनुसार, बढेको मूल्य आज बिहान १२ बजेदेखि कार्यान्वयनमा आइसकेको छ ।

नयाँ मूल्यसूची अनुसार आजदेखि काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ ।

निगमले मध्यपूर्वको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर बढिरहेको र यसले गर्दा निगमलाई पाक्षिक रूपमा करिब १३ अर्ब २१ करोड रुपैयाँ घाटा भइरहेको जनाएको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाए पनि खाना पकाउने एलपी ग्यासको मूल्य भने बढाएको छैन । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र

काठमाडौँ, १० भदौ । बाढीबाट उत्पन्न परिस्थितिका कारण प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ । बिहीबार दिउँसो १ बजे बस्ने

काठमाडौँ, १० भदौ । रसुवा र नुवाकोटमा बाढीका कारण प्रभावितहरूको उद्धारलाई पहिलो प्राथमिकतामा राखिएको गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।

काठमाडौँ, १० भदौ । सरकारले भोटेकोशी बाढीबाट घाइतेहरूको निःशुल्क उपचार गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै