अटो दुर्घटना हुँदा ५ जना घाइते

काठमाडौँ, १९ चैत । सल्यानमा अटो दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार आज सल्यानको कपुरकोटा गाउँपालिका ४ लामिडाँडास्थि किमुचौरबाट मुलपानीतर्फ जाँदै गरेको म.प्र.०३००३ स ४०१५ नम्बरको अटो दुर्घटना हुँदा ५ जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा सल्यानको कपुरकोट गाउँपालिका ४ बस्ने ३८ वर्षीय  टिकाराम राना (चालक), सोही ठाउँ बस्ने ७२ वर्षीय डिलबहादुर सुनार, ३८ वर्षीय सागर एरी, ४४ वर्षीय टोपबहादुर एरी र भारत घर भई भाँडा बेच्दै हिँड्ने ५२ वर्षीय सफी अहमद रहेको प्रहरीले जनाएको छ । घाइते राना, सुनार, सागर र अहमदलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।

टोपबहादुरलाई भने आधारभूत स्वास्थ्य चौकी कपुरकोट पठाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ चैत । सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन र प्रसारण गर्ने सरकारको निर्णयप्रति नेपाल पत्रकार महासंघले

काठमाडौँ, १९ चैत । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (हर्क साम्पाङ) ले प्रतिनिधिसभा बैठक तोकिएको समयभन्दा ढिला सुरु भएकोमा

काठमाडौँ, १९ चैत । सुर्खेतको चौकुने गाउँपालिका–५ स्थित मालिका वन उपभोक्ता समितिका अध्यक्ष अमर बहादुर दानीसमेत ५ जनाविरुद्ध सार्वजनिक सम्पत्ति

काठमाडौँ, १९ चैत । बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएकोबारे संघीय संसद्को प्रतिनिधिसभामा जानकारी गराइएको छ । ज्येष्ठ सदस्यको रुपमा बैठक सञ्चालन