उपराष्ट्रपति यादव र साउदी अरेबियाका राजदूतबीच भेटवार्ता

काठमाडौँ, १८ चैत । उपराष्ट्रपति रामसहाय यादव र नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए मनिकरबीच शिष्टाचार भेटवार्ता भएको छ ।

राजदूत मनिकरले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा पुगेर शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटवार्ताका क्रममा उपराष्ट्रपति यादवले महामहिम राजदूतलाई नेपालमा नियुक्ति भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

सन् १९७७ मार्चमा नेपाल र साउदी अरेबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई मुलुकको सम्बन्ध मित्रता, सद्भावना, आपसी समझदारी र सहयोगमा आधारित रहेको उनले बताए ।

यस्तै उपराष्ट्रपति यादवले नेपाली कामदारका लागि साउदी अरब प्रमुख गन्तव्य रहेको औँल्याउँदै उनीनहरूको हकहितको संरक्षणमा साउदी सरकारको सहयोगप्रति  विश्वास व्यक्त गरे ।

भेटमा राजदूत मनिकरले नेपालको विकासमा साउदी अरेबिया विभिन्न क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताए । उनले आर्थिक क्षेत्रमा विशेष सहकार्यको सम्भावना रहेको उल्लेख गर्दै आफ्नो कार्यकालमा नेपाल–साउदी सम्बन्धलाई थप बलियो बनाउन प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ चैत । दाङको देउखुरी क्षेत्रमा कुटपिटबाट एक किशोरको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

काठमाडौँ, २१ चैत । सामाजिक सञ्जालमार्फत अश्लील सामग्री बनाएर महिलामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

काठमाडौँ, २१ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट प्रहरीले १८ जनालाई पक्राउ गरेको छ । विमानका यात्रुलाई दुःख दिने गरेको आरोपमा

काठमाडौँ, २१ चैत । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका