काठमाडौँ, १८ चैत । नयाँ वर्षको छेको पारेर चैत २७ गते प्रदर्शन हुन लागेको चलचित्र ‘राम नाम सत्य’ले सोलो रिलिजको मौका पाएको छ ।
यही मितिमा आउने भनिएका अन्य दुई नेपाली चलचित्र पछि सरेपछि माइकल चन्द निर्देशित सिनेमाले सोलो रिलिजको अवसर पाएको हो ।
यो चलचित्रमा विराज भट्ट, सुशील श्रेष्ठ, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, सुनील थापा, प्रशान्त ताम्राकार, दिनेश डीसीलगायत कलाकारहरूको अभिनय छ ।





