सभामुखको निर्वाचन २२ चैतमा, मनोनयन दर्ता २० गते

काठमाडौँ, १८ चैत । प्रतिनिधिसभाअन्तर्गत सभामुख चयनको कार्यसूची टुंगो लागेको छ ।

आज संघीय संसद् सचिवालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकले सभामुख चयनको कार्यसूची टुंगो लगाएको हो । 

सभामुखको मनोनयन यही चैत २० गते र निर्वाचन २२ गते गर्ने सर्वदलीय सहमति जुटेको रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

यस्तै, बिहीबार (चैत १९) को प्रतिनिधिसभा बैठकमा शुभकामना दिने, सभामुखको तालिका प्रस्तुत गर्ने र विगतका सरकारले गरेका अध्यादेश प्रस्तुत गर्ने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ चैत । रोल्पामा बालिका बलात्कार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय हार्जङमा

काठमाडौँ, २१ चैत । दाङको देउखुरी क्षेत्रमा कुटपिटबाट एक किशोरको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

काठमाडौँ, २१ चैत । सामाजिक सञ्जालमार्फत अश्लील सामग्री बनाएर महिलामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

काठमाडौँ, २१ चैत । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत जीर्ण