कामको निगरानी गर्न ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन

काठमाडौँ, १८ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कार्यसम्पादनलाई थप चुस्त, पारदर्शी र नतिजामुखी बनाउने लक्ष्यसहित ‘सुशासन एकाइ’ गठन गरेको छ ।

सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ तथा सम्बन्धित नियमावली तथा मन्त्रिपरिषद्को निर्णयअनुसार उक्त एकाइ स्थापना गरिएको हो ।

उक्त एकाइले मन्त्रालय तथा मातहतका निकायहरूमा कार्यरत कर्मचारीको कार्यसम्पादनको नियमित अनुगमन र मूल्यांकन गर्नेछ ।

नवगठित एकाइको संयोजकका रूपमा  प्रशासन महाशाखाका सहसचिव रहनेछन् । त्यसैगरी, कार्यक्रम, बजेट तथा अनुगमन, जलस्रोत, ऊर्जा, विकास सहायता तथा प्रादेशिक समन्वय, जल तथा मौसम, कानुन तथा फैसला कार्यान्वयन महाशाखाका सहसचिव सदस्य रहने व्यवस्था गरिएको छ ।

सूचना तथा जनसम्पर्क शाखाका उपसचिवले एकाइको सदस्यसचिवको जिम्मेवारी सम्हाल्नेछन् । एकाइले विशेषगरी ‘डेलिभरी–आधारित शासन प्रणाली’अन्तर्गत मन्त्रालयले निर्धारण गरेका कार्यहरू तोकिएको समयसीमाभित्र सम्पन्न भए/नभएको, जिम्मेवार अधिकारीले आफ्नो दायित्व प्रभावकारी रूपमा निर्वाह गरे/नगरेको तथा कार्यसम्पादन सूचकहरूको कार्यान्वयन अवस्था कस्तो छ भन्ने विषयमा निगरानी गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ चैत । दाङको देउखुरी क्षेत्रमा कुटपिटबाट एक किशोरको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

काठमाडौँ, २१ चैत । सामाजिक सञ्जालमार्फत अश्लील सामग्री बनाएर महिलामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

काठमाडौँ, २१ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट प्रहरीले १८ जनालाई पक्राउ गरेको छ । विमानका यात्रुलाई दुःख दिने गरेको आरोपमा

काठमाडौँ, २१ चैत । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका