काठमाडौँ, १७ चैत । हिपहप कलाकार भिटेनले आफ्नो संगीतलाई राजनीतिक कार्यक्रममा नबजाउन आग्रह गरेका छन् ।
इन्स्टाग्राम स्टोरीमार्फत उनले छाडा र अश्लिल शब्द समेटिएको स्टोरीमा आफ्ना गीतलाई राजनीतिक एजेन्डामा प्रयोग नगर्न क्रोधपूर्ण आग्रह गरेका हुन् । त्यसरी प्रयोग गरिएका गीतलाई तत्काल हटाउन समेत भनेका छन् ।
उनी भन्छन्, ‘मेरो गीत तिमीहरूजस्तो होइन । अहिले नै डिलेट गर । नत्र राम्रो हुँदैन ।’ हालैको चुनावी प्रचार वा राजनीतिक घटनाक्रममा आफ्ना गीत प्रयोग गरिएपछि भिटेन क्रोधित देखिन्छन् ।





