काठमाडौँ, १६ चैत । राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले पदबाट राजीनामा दिएका छन् ।
उनले आजका मितिदेखि लागू हुने गरी राजीनामा दिएका हुन् । झाले राजीनामामा लेखेका छन्,‘हालको देशको परिवर्तित राजनीतिक परिवेशलाई मैले आत्मसात् गरेको छु । नवगठित सरकारले आफ्नो अनुकूलताका आधारमा कार्य सञ्चालन गर्नुपर्छ भन्ने मान्यता राख्छु र सरकारको सफलताको कामना गर्दछु,’ ‘यस पृष्ठभूमिमा नैतिकताका दृष्टिले मार्ग प्रशस्त गर्नु उचित हुने ठानी आजैका मितिदेखि लागू हुने गरी पदबाट राजीनामा गर्दछु ।’
झालाई २०७९ असार ७ गते मन्त्रिपरिषद्ले राससकाे अध्यक्षमा नियुक्त गरेको थियो ।





