इरानमा धेरै ‘लक्षित स्थान’ ध्वस्त पारिएको ट्रम्पको दाबी

एजेन्सी, १६ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सेनाले धेरै महत्त्वपूर्ण लक्ष्यहरू ध्वस्त पारेको दाबी गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यसबारे छोटो सन्देश सार्वजनिक गरेका हुन् । 

ट्रम्पले लेखेका छन्, ‘इरानमा ठुलो दिन । लामो समयदेखि निशाना बनाइएका धेरै स्थानहरू हाम्रो महान् सेनाले ध्वस्त पारेको छ । विश्वकै सबैभन्दा शक्तिशाली र घातक सेना ।’

यसअघि अमेरिकी सेनाको मध्य कमान्ड सेन्टकमले गत साता इरानभर ९ हजारभन्दा बढी स्थानमा आक्रमण गरिएको जानकारी दिएको थियो । यद्यपि, ती आक्रमणका विस्तृत विवरण र क्षतिको यथार्थ अवस्था भने पूर्ण रूपमा सार्वजनिक गरिएको छैन । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्