सत्य बुझ्न जिज्ञासा राखेको हुँ, भ्रम फैलाएको हैन : शिव परियार

काठमाडौँ, १६ चैत । गायक शिव परियारले जेनजी आन्दोलनमा भएका घटनाहरूको छानविन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको हालैको प्रतिवेदनमा आफ्नो नाम समावेश गरिएको भन्दै आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालबाट सोमबार विज्ञप्ति जारी गर्दै परियारले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा आफूलाई ‘भ्रामक प्रचार गर्ने व्यक्ति’ को रूपमा उल्लेख गरिएकोमा आपत्ति जनाएका हुन् ।

उनले आयोगको उक्त निष्कर्ष वास्तविकतामा आधारित नरहेको र आफूमाथि अन्याय भएको दाबी गरेका हुन् । आफूले त्यतिबेला लेखेको स्क्रिनसटमा समेत सेयर गर्दै आफूले जिज्ञासा राखेको र पछि हटाएको कुरालाई सञ्चारमाध्यमले बङ्गाएर प्रेषण गरेको आरोप लगाए ।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा सामाजिक सञ्जालमा फैलिएको हल्लाको सत्यता बुझ्न आफूले जिज्ञासा मात्र राखेको परियारले बताएका छन् । ‘बेपत्ता पारिएका ३२ जना संसद भवनभित्र मृत फेला भन्ने खबर छ, के यो सत्य हो ?’ भनी पोस्ट गरेको र पछि त्यो गलत भएको थाहा पाउनासाथ हटाएको उल्लेख गरेका छन् ।

गायक परियारले भनेका छन्, ‘मेरो पोस्ट कुनै दाबी वा भ्रम फैलाउने उद्देश्यले थिएन, केवल सत्य तथ्य बुझ्नका लागि गरिएको एउटा प्रश्न मात्र थियो । तर केही सञ्चारमाध्यमले विषयलाई बङ्ग्याएर समाचार सम्प्रेषण गरे र सोही आधारमा आयोगले मलाई दोषीका रूपमा चित्रण गर्‍यो ।’

यसबाट आफ्नो प्रतिष्ठा र कलाकारको रूपमा रहेको सामाजिक छविमा गम्भीर चोट पुगेको भन्दै उनले सरकारसँग प्रतिवेदनको उक्त निष्कर्षलाई पुनर्मूल्याङ्कन गर्न माग गरेका छन् ।

उनी लेख्छन्- हालको नेपाल सरकार तथा यसका सम्बन्धित निकायसमक्ष विनम्रतापूर्वक अनुरोध गर्दछु कि भ्रामक समाचार सूचनाका आधारमा गरिएका निष्कर्षलाई पुनर्विचार गरी म माथि पर्न गएको अन्यायका विषयमा पुनर्मूल्याङ्कन गरियोस् ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ चैत । सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन र प्रसारण गर्ने सरकारको निर्णयप्रति नेपाल पत्रकार महासंघले

काठमाडौँ, १९ चैत । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (हर्क साम्पाङ) ले प्रतिनिधिसभा बैठक तोकिएको समयभन्दा ढिला सुरु भएकोमा

काठमाडौँ, १९ चैत । सुर्खेतको चौकुने गाउँपालिका–५ स्थित मालिका वन उपभोक्ता समितिका अध्यक्ष अमर बहादुर दानीसमेत ५ जनाविरुद्ध सार्वजनिक सम्पत्ति

काठमाडौँ, १९ चैत । बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएकोबारे संघीय संसद्को प्रतिनिधिसभामा जानकारी गराइएको छ । ज्येष्ठ सदस्यको रुपमा बैठक सञ्चालन