पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौँ, १६ चैत । पक्राउ परेका पूर्वमन्त्री दीपक खड्कालाई अस्पताल भर्ना गरिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका खड्कालाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो ।

विभागले अदालतबाट ७ दिनको म्याद लिएर उनलाई प्रहरी प्रभाग पुल्चोकको हिरासतमा राखेको थियो । गएराति साढे १२ बजेतिर बान्ता भएपछि अनुसन्धान अधिकृतसँगको समन्वयमा उनलाई नर्भिक अस्पताल लगिएको थियो । निरन्तर बान्ता भएपछि नर्भिक अस्पतालले उनलाई त्रिवि शिक्षण अस्पतालमा रिफर गरेको थियो ।

अहिले शिक्षण अस्पतालमा भर्ना गरेर उनको उपचार भइरहेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्का विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र

काठमाडौँ, २१ चैत । काठमाडौँ महानगरपालिकाभित्र करिब १९०० सहकारी सञ्चालनमा छन् । सञ्चालनमा रहेको सहकारीमध्ये ५० प्रतिशतले पनि नियमित रूपमा प्रतिवेदन

काठमाडौँ, २१ चैत । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू पार्टीको कुनै पनि समूहमा नरहेको बताएका छन् । आज

काठमाडौँ, २१ चैत । प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीले दाबी गरेको छ । अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीले उपसभामुखमा महिला