भंग भयो राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन

काठमाडौँ, १५ चैत । राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियनले सरकारको प्रशासनिक सुधारसम्बन्धी निर्णयलाई स्वागत गर्दै युनियन भंग गरेको घोषणा गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार २०८२ चैत १५ गतेदेखि लागु हुने गरी युनियन भंग गरिएको जनाएको छ । युनियनका अध्यक्ष राजु ओलियाद्वारा जारी विज्ञप्तिमा शासकीय सुधारसम्बन्धी एकसय कार्यसूचीअन्तर्गत प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययितासम्बन्धी बुँदा नं. १२ लाई मध्यनजर गर्दै युनियन भंग गर्ने निर्णय गरिएको उल्लेख गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, कर्मचारी यूनियनका अध्यक्ष राजु ओलियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, शासकीय सुधारसम्बन्धी एकसय कार्यसूचीमध्ये (ख) को (उल्लेखित प्रशासनिक सुधार, पुनसंरचना र मितव्ययिता) बुँदा नं. १२ मा उल्लेख भएबमोजिम निर्णयलाई स्वागत गर्दै राष्ट्रिय परीक्षा बोर्ड, कर्मचारी यूनियन चैत १५ गतेबाट भङ्ग गरेको जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित