भंग भयो राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन

काठमाडौँ, १५ चैत । राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियनले सरकारको प्रशासनिक सुधारसम्बन्धी निर्णयलाई स्वागत गर्दै युनियन भंग गरेको घोषणा गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार २०८२ चैत १५ गतेदेखि लागु हुने गरी युनियन भंग गरिएको जनाएको छ । युनियनका अध्यक्ष राजु ओलियाद्वारा जारी विज्ञप्तिमा शासकीय सुधारसम्बन्धी एकसय कार्यसूचीअन्तर्गत प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययितासम्बन्धी बुँदा नं. १२ लाई मध्यनजर गर्दै युनियन भंग गर्ने निर्णय गरिएको उल्लेख गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, कर्मचारी यूनियनका अध्यक्ष राजु ओलियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, शासकीय सुधारसम्बन्धी एकसय कार्यसूचीमध्ये (ख) को (उल्लेखित प्रशासनिक सुधार, पुनसंरचना र मितव्ययिता) बुँदा नं. १२ मा उल्लेख भएबमोजिम निर्णयलाई स्वागत गर्दै राष्ट्रिय परीक्षा बोर्ड, कर्मचारी यूनियन चैत १५ गतेबाट भङ्ग गरेको जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका गरी २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने तयारी भइरहेको

पोखरा, ९ कार्तिक । पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पोखरा २९ आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीय

कपिलवस्तु, ९ कार्तिक । शिवराज नगरपालिका २, हल्लानगरबाट लागूऔषध ब्राउन सुगरसहित एकजना महिला पक्राउ परेकी छन् । आफ्नै घरमा लागूऔषधको

काठमाडौँ, ९ कार्तिक । सुदूरपश्चिम प्रदेशमा दशैँका बेला हुने सवारी दुर्घटना बढेको पाइएको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म