काठमाडौँ, १५ चैत । नेपाली युवाले सञ्चालनमा ल्याएको ‘ल बसम’ राइड-सेयरिङ सेवाको व्यवसायिक दूतमा अभिनेत्री वर्षा सिवाकोटी नियुक्त भएकी छन् ।
कम्पनीले विज्ञप्तिमार्फत उनलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरिएको जनाएको हो । नेपाली युवाको पहल, सीप र स्वदेशी लगानीमा तयार गरिएको उक्त सेवा हालै सञ्चालनमा आएको थियो । सुरुमा संघीय राजधानी काठमाडौँबाट सेवा थालेको ‘ल बसम’ले निकट भविष्यमा अन्य सहरमा पनि सेवा विस्तार गर्ने लक्ष्य लिएको छ ।
व्यवसायिक दूत बनेपछि अभिनेत्री सिवाकोटीले खुसी व्यक्त गरिन् । वर्षा पछिल्लो समयकी लोकप्रिय र डिमान्डेड अभिनेत्री हुन् । स्वदेशी राइड-सेयरिङ सेवासँग जोडिन पाउँदा आफूलाई खुसी लागेको उनले बताइन् ।





