भियतनामले गर्‍यो पेट्रोलियम कर स्थगित

एजेन्सी, १३ चैत । भियतनामले पेट्रोलियम पदार्थमा लाग्ने कर अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा तेल तथा ग्यासको मूल्य वृद्धिका कारण घरेलु बजारमा परेको दबाब कम गर्न यस्तो कदम चालिएको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार भियतनामको अर्थ मन्त्रालयले पेट्रोल, डिजेल र जेट इन्धनमा लाग्ने वातावरण संरक्षण कर तथा विशेष उपभोग कर हटाउने निर्णय गरेको जनाएको छ । 

मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार उक्त कर छुट अप्रिल १५ सम्म लागू रहनेछ । इरानमा जारी अमेरिका–इजरायली युद्धका कारण विश्व बजारमा तेलको मूल्य निरन्तर बढ्दै गएपछि भियतनामजस्ता आयातमा निर्भर देशहरूमा महँगीको दबाब बढेको छ । 

यस्तो अवस्थामा उपभोक्ता र उद्योगलाई राहत दिन सरकारले कर हटाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्