बालेनको ‘जय महाकाली’ ले राख्यो रेकर्ड

काठमाडौँ, १३ चैत । प्रधानमन्त्रीको सपथको पूर्वसन्ध्यामा बालेन शाहले युट्युबमा सार्वजनिक गरेको गीत ‘जय महाकाली’ ले कीर्तिमान रचेको छ ।

बिहीबार बेलुका सार्वजनिक भएको यो गीतले २४ घण्टाभित्र युट्युबमा अहिलेसम्म सर्वाधिक हेरिने नेपाली गीतको रेकर्ड राखेको छ । शुक्रबार बिहान ७ बजेसम्म यो गीतलाई २१ लाख पटक हेरिएको छ ।

यसअघि २४ घण्टाभित्र युट्युबमा सर्वाधिक हेरिने नेपाली गीतको रेकर्ड दुर्गेश थापा र सिसन बानियाँको कोल्याब गीत ‘जाने भए जाम माया’ सँग थियो । त्यो गीतलाई सोही अवधिससम्म १६ लाख ३६ हजार पटक हेरिएको थियो ।

दुर्गेशको उक्त गीतले विष्णु माझीको गीत ‘आइन आमा यो तीजमा’ को १५ लाख भ्यूजको रेकर्डलाई उछिनेको थियो । यतिबेला भने बालेनको यो गीतले केही घण्टाभित्रै अघिल्ला सबै रेकर्डलाई उछिनेको छ ।

शुक्रबार बेलुका ८ बजेतिर मात्र २४ घण्टा हुने भएकाले बालेनको यो गीतले भ्यूजमा उछाल ल्याउने पक्का छ । त्यतिञ्जेल अन्य धेरै रेकर्ड पनि रचिने सम्भावना देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्