वार्ताको प्रस्ताव राख्नु अमेरिकाको हार हो : इरान

एजेन्सी, १२ चैत । इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँगको वार्ता प्रस्तावलाई वासिङ्टनको असफलताको रूपमा चित्रण गरेका छन् ।

इरानी सरकारी टेलिभिजन (आईआरआइबी) लाई बुधबार अन्तर्वार्ता दिँदै उनले पहिले ‘बिना सर्त आत्मसमर्पण’ को माग गर्ने अमेरिकाले अहिले वार्ताको कुरा गर्नु नै उसको हार भएको दाबी गरेका हुन् । 

अराघचीले अमेरिकाको फेरिएको शैलीले उसको पहिलेको रणनीति असफल भएको प्रमाणित गर्ने तर्क गरे । पछिल्ला केही दिनमा अमेरिकाले मित्र राष्ट्रहरूमार्फत तेहरानलाई कैयौँ सन्देशहरू पठाएको विदेशमन्त्री अराघचीले स्वीकार गरेका छन् । तर, उनले ती सञ्चारका माध्यमहरूलाई औपचारिक वार्ता वा संवाद भन्न नमिल्ने स्पष्ट पारे । 

अमेरिकाले पठाएका सन्देशहरूको जवाफमा इरानले आफ्नो अडान र चेतावनीहरू मात्र पठाउने गरेको र यसलाई केवल ‘सन्देश आदानप्रदान’ मात्र मान्न सकिने उनको भनाइ छ । ती सन्देशहरूमा उठाइएका विषयहरू इरानका उच्च अधिकारीहरूसम्म पुर्‍याइएको र आवश्यक परेमा उनीहरूले नै आधिकारिक धारणा सार्वजनिक गर्ने अराघचीले बताए ।

अर्कोतर्फ, ह्वाइट हाउसले भने इरानसँगको वार्ता तीव्र गतिमा अघि बढिरहेको दाबी गरेको छ । इरानले युद्ध अन्त्यका लागि अघि सारिएको १५ बुँदे योजनालाई तत्काल स्वीकार नगरे पनि वार्ता प्रक्रिया जारी रहेको अमेरिकाको बुझाइ छ । यद्यपि, इरानी पक्षले भने अमेरिकाको यो दाबीलाई अस्वीकार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्