ट्रम्पको चीन भ्रमणको नयाँ मिति तय

एजेन्सी, १२ चैत । इरानसँगको बढ्दो तनावका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणको नयाँ मिति सार्वजनिक भएको छ ।

ह्वाइट हाउसले जारी गरेको पछिल्लो विज्ञप्ति अनुसार, राष्ट्रपति ट्रम्प आगामी मे १४ र १५ तारिखमा बेइजिङ जाने भएका छन् ।

यसअघि ट्रम्प मार्च ३१ देखि अप्रिल २ सम्म चीन भ्रमणमा जाने तालिका थियो । तर, इरानमाथि अमेरिका र इजरायलले सुरु गरेको युद्धका कारण उक्त भ्रमण निर्धारित समयभन्दा पछि सारिएको हो । 

भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । दुई देशबिच लामो समयदेखि जारी भन्सार युद्ध सन् २०२५ को अन्त्यतिर केही मत्थर भएपछि व्यापारिक सम्बन्धलाई पुनः गति दिने विषयमा छलफल हुने प्रारम्भिक योजना रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्