मधेस प्रदेशमा घट्यो एसइई दिने विद्यार्थीको संख्या

जनकपुरधाम, ११ चैत । आगामी चैत १९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि मधेस प्रदेशभरबाट ८७ हजार ५९१ जना विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् ।

शिक्षा विकास निर्देशनालय मधेस प्रदेशका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष सहभागी विद्यार्थीको संख्या घटेको छ । गत वर्ष ८८ हजार ८५८ विद्यार्थी सहभागी भएकोमा यस वर्ष एक हजार २६७ जना कम भएका छन् ।

निर्देशनालयका अनुसार परीक्षा सञ्चालनलाई प्रभावकारी बनाउन व्यापक तयारी गरिएको छ । २९९ जना केन्द्राध्यक्ष, ४३३ जना सहायक केन्द्राध्यक्ष, चार हजार २३५ जना निरीक्षक, ७३४ जना परीक्षा सहायक तथा एक हजार ६०३ जना कार्यालय सहयोगी परिचालन गरिनेछ । साथै, सुरक्षाको दृष्टिले चार हजार ४८५ जना सुरक्षाकर्मी खटाइने व्यवस्था गरिएको छ ।

जिल्लागत विवरणअनुसार धनुषा जिल्लाबाट सबैभन्दा बढी १३ हजार २६२ विद्यार्थी परीक्षामा सहभागी हुनेछन् भने सबैभन्दा कम सप्तरी जिल्लाबाट ९ हजार २७६ विद्यार्थी सहभागी हुनेछन् । सप्तरीका १६२ विद्यालयका विद्यार्थीले परीक्षा दिनेछन् ।

त्यस्तै, सिरहाबाट ११ हजार ३८, महोत्तरीबाट ११ हजार ३५१, सर्लाहीबाट ११ हजार ३७१, रौतहटबाट ९ हजार ७७७, बाराबाट १० हजार ८१३ तथा पर्साबाट १० हजार ७०३ विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले रसुवाको भोटेकोसी बाढीबारे जानकारी गराएका छन् । उनले सामाजिक

काठमाडौँ, १० भदौ । प्रतिनिधिसभामा आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ । दिउँसो १ बजेदेखि सुरु

काठमाडौँ, १० भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवामा आएको बाढीले गरेको ठूलो क्षति गरेकोप्रति दुःख व्यक्त गरेका

काठमाडौँ, १० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रसुवामा आएको बाढीका कारण उत्पन्न विपद्को घडीमा नागरिकको