आक्रमण ५ दिनका लागि रोक्ने ट्रम्पको घोषणा

एजेन्सी, ९ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत दुई दिनमा अमेरिका र इरानबीच भएको वार्ता फलदायी बनेको र इरानविरुद्ध हुने अमेरिकी आक्रमणहरू पाँच दिनका लागि रोक्ने निर्णय गरेको बताएका छन् ।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा ‘मध्यपूर्वमा हाम्रा शत्रुताहरूको पूर्ण र समग्र समाधानको सम्बन्धमा धेरै राम्रो र फलदायी कुराकानी’ भएको उल्लेख गरेका छन् ।

ट्रम्पका अनुसार इरानको ऊर्जा पूर्वाधारमा हुने सबै अमेरिकी आक्रमणहरू पाँच दिनका लागि रोक्ने निर्णय भएको छ । यसअघि, इरानको राष्ट्रिय रक्षा परिषद्ले इरानी तट वा टापुहरूमा आक्रमण गर्ने कुनै पनि प्रयासले ‘फारसको खाडीका सबै सञ्चार लाइनहरूमा माइन (विस्फोटक पदार्थ) बिछ्याइनेछ’ भनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्