म्यानचेस्टर सिटीले जित्यो लिग कपको उपाधि

काठमाडौँ, ९ चैत । आर्सनललाई हराउँदै म्यानचेस्टर सिटीले लिग कप (काराबाओ कप) को उपाधि जितेको छ । 

वेम्बलीमा हिजो भएको फाइनलमा सिटीले आर्सनललाई २–० गोलले हरायो । सिटीका निको ओ राइलीले दुई गोल गरे । योसँगै सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले ५ पटक लिग कप जितेर कीर्तिमान बनाएका छन् । 

ग्वार्डिओलाले प्रशिक्षकका रूपमा सबैभन्दा लिग कप जितेका हुन् । यस्तै सिटीले यो नवौँ पटक उपाधि जितेको हो । सबैभन्दा धेरै लिग कप जित्ने टोली लिभरपुल हो । लिभरपुलले १० पटक उपाधि जितेको छ ।
 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ असोज । नेपाल टेलिकमले ‘अटम अफर २०८३’ अन्तर्गत ग्राहकका लागि विभिन्न आकर्षक प्याक तथा सुविधाहरू उपलब्ध गराएको छ

काठमाडौँ, २७ असोज । तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार भिमाद नगरपालिका–५, शीतलमार्गस्थित भित्री सडकखण्डमा

काठमाडौँ, २७ असोज । सिरहाको गोलबजार नगरपालिकामा गरिब, विपन्न तथा दलित समुदायका नागरिकलाई लक्षित गरी एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको

काठमाडौँ, २७ असोज । प्रतिकूल मौसमका  कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको नियमित हवाई उडान पुन: सुरु भएको छ