नोरा फतेहीविरुद्ध मुस्लिम संगठनको उर्दी

काठमाडाैँ, ७ चैत । बलिउडकी चर्चित डान्सर तथा अभिनेत्री नोरा फतेही आफ्नो नयाँ फिल्म ‘केडी: द डेविल’ को गीत ‘सरके चुनर तेरी सरके’ का कारण गम्भीर विवादमा तानिएकी छिन् ।

संसद्देखि सडकसम्म अश्लीलताको विषयलाई लिएर चर्को विरोध भइरहेका बेला उत्तर प्रदेशको अलीगढस्थित ‘मुस्लिम पर्सनल दारुल इफ्ता’ले नोरा विरुद्ध फतवा (उर्दी) जारी गरेपछि यो मामलाले धार्मिक मोड लिएको छ ।

शाही चिफ मुफ्ती मौलाना चौधरी इब्राहिम हुसैनद्वारा जारी गरिएको उक्त फतवामा गीतको सामग्रीलाई इस्लाम विरोधी र समाजका लागि घातक भनिएको छ । इस्लामले लज्जा र असल आचरणको शिक्षा दिने उल्लेख गर्दै फतवामा भनिएको छ कि यस्ता अश्लील गीत, नृत्य र दृश्यमा सहभागी हुनु  ‘हराम’ र ‘गुनाह–ए–कबीरा’ हो ।

संस्थाले सरकारसँग यस्ता सामग्री बनाउने माथि कडा कारबाहीको माग गर्दै आम जनतालाई यसको बहिष्कार गर्न समेत अपिल गरेको छ। यस संवेदनशील विवादमा आफ्नो मौनता तोड्दै नोरा फतेहीले सामाजिक सञ्जालमार्फत सफाइ दिएकी छिन् । उनले आफूलाई यो अश्लील हिन्दी संस्करणका बारेमा कुनै जानकारी नभएको र मेकर्सले आफूलाई धोका दिएको दाबी गरेकी छिन् । नोराका अनुसार उनले यो गीत तीन वर्षअघि कन्नड भाषामा सुट गरेकी थिइन् ।

आफूलाई कन्नड भाषा नआउने भएकाले अनुवादका लागि पूर्ण रूपमा निर्माण पक्षमा भर परेको र त्यतिबेला आफूलाई बुझाइएको अर्थमा कुनै अश्लीलता नभएको उनले बताएकी छिन् । नोराले थप गम्भीर आरोप लगाउँदै भिडियोमा देखिएका आफ्ना र सञ्जय दत्तका कतिपय दृश्यहरू एआईको प्रयोग गरेर बनाइएको दाबी गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्