टिकटकबाट ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ, ७ चैत । सामाजिक सञ्जाल प्रयोग गरी अनलाइन ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार टिकटकमार्फत चिनजान गरी ह्वाट्सएपमा कुराकानी गर्दै महिलाहरूलाई लक्षित गरी ठगी गरेको आरोपमा स्याङ्जाका ३४ वर्षीय विशाल थापा क्षेत्री नाम बताउने भेषराज वाग्लेलाई काठमाडौँबाट पक्राउ गरेको हो ।

उनलाई चन्द्रागिरि नगरपालिका–७ थानकोटबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

आरोपितले आफू अमेरिकन आर्मीमा कार्यरत रहेको भन्दै विभिन्न बहाना बनाउनेनेपालमा बिदामा आएको र जग्गाको कर तिर्न समस्या परेको हुँदा रकम आवश्यक रहेको भन्दै ठगी गरेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्