काठमाडौँ, ६ चैत । ‘झ्याप्पै आइन मगरनी’ बोलको गीतले २ करोड भ्युज पार गरेपछि गायिका ज्योती मगरले आफ्नो सामाजिक संजालमार्फत खुसी व्यक्त गरेकी छिन ।
आफ्नो गीतले २० मिलियन भ्युज पार गरेको बताउँदै उनले आफ्ना आलोचकहरुलाई पनि व्यगंयात्मक जवाफ दिएकी छिन।
मगरको ‘झ्याप्पै’ बोलको गीतले २० मिलियन अर्थात २ करोड भ्युज पार गरेको हो । गीतले २ करोड भ्युज पार गरेपछि गायक बद्री पंगेनीलाई धन्यबाट दिदै मगरले लेखेकी छिन,‘उता अराजकहरु बहिष्कार गर्ने धम्की दिदै, यता रियल दर्शकहरु भने झन बढी माया दिदै। बधाइ छ झ्याप्पै टिम अनि धन्यवाद बद्री पंगेनी दाइ। धेरैधेरै आभार र नमन प्रिय दर्शक श्रोता।’
महंगो लगानी गरेर म्युजिक भिडियो बनाउने निर्माण टीम र नायक पल शाहलाई कटाक्ष गर्दै उनले जोडेकी छिन,‘अडियोमा भाइरल गायिका नराखेर, भिडियोमा पल शाह नराखेर र मेकिङमा १०,१५ लाखको तामझाम नगरेर पनि गितले २ करोड ६ लाख बढी भ्युज पाएछ । अझै बढ्दै पनि छ ।’
ज्योती मगरले गाएको यो गीत तीन महिना अघि रिलिज भएका थियो। सार्वजनिक गीतमा गायिका ज्योति मगर र गायक बद्री पंगेनीको स्वर छ । पंगेनी आफैले संगीत भरेको यो गीत उनैको अफिसियल युटउब च्यानल ‘बद्री पंगेनी’ बाट सार्वजनिक भएको छ।






