काठमाडौँ, ३ चैत । इन्धन बचत गर्न श्रीलङ्का सरकारले प्रत्येक बुधवार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।
मध्यपूर्वमा इरानसँग अमेरिका र इजरायलको युद्धले ऊर्जा आपूर्तिमा अनिश्चितता बढेपछि श्रीलङ्काले अर्काे सूचना नभएसम्मका लागि भोलिदेखि लागू हुने गरी बुधवार सार्वजनिक बिदा दिने घोषणा गरेको बीबीसीले जनाएको छ ।
हप्तामा तीन दिन बिदा हुने नियम सबै शैक्षिक संस्थाहरूमा पनि लागू हुनेछ । तर अत्यावश्यक सेवा प्रदान गर्ने स्वास्थ्य तथा अध्यागमन कार्यालयजस्ता सरकारी निकायहरूमा यो लागू नहुने अधिकारीहरूले बताएका छन् । हप्तामा तीन दिन लगातार सरकारी कार्यालयहरू बन्द नहोऊन् भनेर शुक्रवारको सट्टा बुधवार बिदा दिने निर्णय गरेको अधिकारीहरूको भनाइ छ ।






