काठमाडौँ, २ चैत । कलाकार दीपकराज गिरीले मुलुकको वर्तमान राजनीतिक परिवर्तन र संसदमा देखिएको समावेशी प्रतिनिधित्वको मुख्य श्रेय माओवादी जनयुद्धलाई जाने बताएका छन् ।
उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै यस्तो धारणा राखेका हुन् । उनी लेख्छन्– ‘आजको यो परिवर्तन । संसदमा यत्रा महिलाहरू दलित, उत्पीडित वर्गको प्रतिनिधित्व । यसको श्रेयचाहिँ माओवादी जनयुद्धलाई नै जान्छ ।’
इतिहासलाई सम्मान नगरे वर्तमान पनि कमजोर हुने तक गर्दै गिरी अगाडि लेख्छन्– ‘इतिहासलाई सम्मान नगरे त वर्तमान पनि कमजोर हुन्छ । शुभ प्रभात ।’





