काठमाडौँ, १ चैत । काठमाडौँको गौरीघाट कुटीगल्ली नजिक एक युवक मृत फेला परेका छन् ।
प्रहरीका अनुसार आज काठमाडौँ महानगरपालिका-७ गौरीघाट कुटीगल्ली नजिक डेरा गरी बस्ने २५ वर्षीय रन्जितकुमार थारू कोठामा मृत फेला परेका हुन् ।
बर्दियाको राजापुर नगरपालिका-२ घर भएका थारू आज कोठामा मृत अवस्थामा फेला परेको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





