एजेन्सी, ३० फागुन । संयुक्त राष्ट्रसंघको आप्रवासन निकायले शुक्रबार मध्यपूर्व युद्धमा फसेका केही जोखिममा रहेका आप्रवासीहरूलाई इरान छोड्न मद्दत गरिरहेको बताएको छ । सयौं अन्यलाई सहयोग गर्न अनुरोध प्राप्त भएको उक्त निकायले जनाएको छ।
अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले ठूलो बमबारी र सामूहिक विस्थापनका कारण इरानमा आप्रवासीहरु अत्यधिक जोखिममा रहेको जनाएको छ।
आइओएमले सङ्कटमा परेका आप्रवासी र अन्य तेस्रो देशका नागरिकलाई सहयोग गर्न आफू तयार रहेको बताएको छ। आइओएमका पुनर्वास तथा आवागमन व्यवस्थापन निर्देशक डेभिड जोनले जेनेभामा पत्रकारहरूसँग भन्नुभयो, “हामीले केही आप्रवासीहरूलाई इरानबाट घर फर्कन सहयोग गरिसकेका छौँ ।”
“अहिलेसम्म सयौँ अनुरोधहरू प्राप्त भइसकेका छन् र यो सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ,” सहयोग गरिएका व्यक्तिको राष्ट्रियताको विवरण वा सहयोगको अनुरोध गोप्य राखी उनले भने।
जोनले आप्रवासीहरुको गृह देशबाट आउने सहयोगका लागि अनुरोध चाँडै नै हजारौँमा आउन सक्ने बताए। इरानमा फेब्रुअरी २८ मा अमेरिका–इजरायलको संयुक्त आक्रमण सुरु भएदेखि युद्ध यस क्षेत्रभरि फैलिएको छ। यसले विश्वका शक्तिहरूको ध्यान आकर्षित भएको छ र युद्धका कारण ठूलो इन्धन सङ्कट निम्तिएको छ।
संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकाय यूएनएचसीआरले बिहीबार भनेको छ, “इरानबाट ३२ लाख मानिसहरू विस्थापित भएका छन्।” उनीहरू केही शरणार्थी परिवारहरू थिए जो ‘विशेष गरी जोखिममा थिए, उनीहरूको पहिले नै अनिश्चित अवस्था र सीमित सहयोग नेटवर्क थियो ।
संयुक्त राष्ट्रसङ्घका अनुसार इरान विश्वकै सबैभन्दा धेरै आप्रबासीहरूलाई शरण दिएको देश हो र लाखौँ अफगानी र लाखौँ इराकीसहित ठूलो आप्रवासी जनसङ्ख्या यहाँ रहेको छ।







