फेरि रिलिज गरियो धुरन्धर

काठमाडौँ, २८ फागुन । सन् २०२५ को ब्लकबस्टर फिल्म ‘धुरन्धर’ एकपटक फेरि विश्वव्यापी रूपमा प्रदर्शनमा आएको छ ।

यसको दोस्रो भाग ‘धुरन्धर २ः द रिभेन्ज’ रिलिज हुनुअघि जियो स्टुडियोज र बी६२ स्टुडियोजले फिल्मको पहिलो भागलाई आजदेखि भारतका २५० स्क्रिनमा पुनः प्रदर्शन गरेका हुन् ।

भोलिदेखि यो फिल्म विदेशका थप २५० स्क्रिनमा गरी जम्मा ५०० पर्दामा देखिनेछ । आगामी १९ मार्चमा रिलिज हुने सिक्वेलका लागि दर्शकमाझ थप उत्साह जगाउन र पुरानो कथालाई ताजा बनाउन निर्माण पक्षले यो रणनीतिक कदम चालेको हो ।

सिक्वेल रिलिज हुनुअघि अघिल्लो भाग प्रदर्शन गर्ने ट्रेन्ड हलिउड र बलिउडमा निकै प्रभावकारी मानिन्छ । यसअघि ‘गदर २’ अघि ‘गदर’, ‘बाहुबली २’ अघि ‘बाहुबली’ र हलिउडमा ‘अवतार २’ अघि पहिलो ‘अवतार’ लाई रि–रिलिज गरेर ठुलो हाइप बनाइएको थियो। ‘धुरन्धर’ ले पनि सोही बाटो पछ्याउँदै एडभान्स बुकिङमा उछाल ल्याउने लक्ष्य राखेको छ । स्मरण रहोस्, धुरन्धरको पहिलो भागले विश्वभर १३०३ करोड भारु कमाउँदै इतिहास रचेको थियो।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित