आजको आवाजले भोलिको न्यायको बाटो खोल्न सक्छ : आस्था राउत

काठमाडौँ, २८ फागुन । चर्चित गायिका आस्था राउतले पछिल्लो समय बढ्दै गएका बलात्कार र हत्याका घटनाप्रति तीव्र आक्रोश व्यक्त गर्दै न्यायका लागि एकजुट हुन अपिल गरेकी छन् ।

सुर्खेतकी इनिसा विकको सामूहिक बलात्कारपछि भएको निर्मम हत्याको घटनाले मर्माहत बनेकी आस्थाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राख्दै समाज र राज्यको मौनतामाथि प्रश्न उठाएकी हुन्।

उनले भनेकी छन्, “चेलीहरूलाई हामी देवीको स्वरूप भन्छौँ। तर जब कुनै छोरी माथि अन्याय हुन्छ र न्याय वर्षौँ सम्म अधुरो रहन्छ, तब त्यो केवल एउटा परिवारको पीडा हुँदैन – त्यो सिंगो देशको पीडा बन्छ। Nirmala Pant बैनि को दर्दनाक घटना आज पनि न्यायको प्रतीक्षामा छ। यो केवल एउटा केस होइन, यो नेपालका हरेक छोरीको सुरक्षा र सम्मानसँग जोडिएको प्रश्न हो। निर्मला पन्तको न्यायको पक्षमा बोल्नु केवल एउटा केसको समर्थन होइन, यो नेपालका हरेक छोरीको सम्मान र रक्षाको पक्षमा उभिनु हो। भरखरै अर्को बैनि Inisha BK को पनि बलात्कार पछि निर्मम हत्या भएको छ । यसबाट हाम्रो समाज कता जाँदै छ र यस्तो कुकर्म गर्ने Criminals हरु खुलेआम हिडिरहेका छन् । सबै बोल्नुस् आवाज उठाउनुस् बलात्कार कुनै सामान्य अपराध हैन र बलात्कृत भए पछि निर्ममता पुर्वक हत्या भएको छ के यो सामान्य कुरा हो? भोलि तपाई हाम्रै छोरी चेलिहरु यस्तो सिकार हुन सक्छन् किन सक्दैनन् र? तसर्थ बोलौँ !!अन्याय र अत्याचार बिरुद्ध सबै एक हौँ !! दोषिलाई हद् भन्दा हद् कठोर सजाएँ दिऊँ !! नागरिकहरूले एकै स्वरमा न्यायको माग गरे, त्यो आवाजलाई कसैले दबाउन सक्दैन। किनकि छोरीहरूको सम्मान बिना कुनै देश महान हुन सक्दैन। आजको आवाजले भोलिको न्यायको बाटो खोल्न सक्छ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्