गायिका रिहानाको घरमा गोली चल्यो

काठमाडौँ, २६ फागुन । चर्चित हलिउड पप स्टार रिहानाको घरबाहिर गोली हानिएको छ ।

क्यालिफोर्नियाको बेभर्ली हिल्सस्थित उनको निवासलाई लक्षित गरी आइतबार दिउँसो अन्धाधुन्ध गोली प्रहार भएको हो । यस घटनामा रिहाना पूर्ण रूपमा सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

लस एन्जलस पुलिसका अनुसार यो घटना आइतबार दिउँसो करिब १ः२१ बजे भएको थियो। रिहानाको घरको गेट अगाडि सडकको अर्को छेउमा रोकिएको एउटा गाडीबाट करिब १० राउन्ड गोली चलाइएको थियो । 

लस एन्जलस टाइम्सको रिपोर्ट अनुसार, एउटा गोली घरको पर्खाल नै वारपार भएको छ। प्रहरीले तत्काल कारबाही गर्दै घटनास्थलबाटै एक ३० वर्षीया महिलालाई पक्राउ गरेको छ । गोली चलेको समय रिहाना आफ्नै घरभित्रै रहेकी थिइन् । घटना लगत्तै उनको सुरक्षा व्यवस्था कडा पारिएको छ । ती महिलाले रिहानालाई नै निशाना बनाएकी हुन् वा यसको पछाडि अन्य कुनै कारण छ भन्नेबारे प्रहरी अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्