नेपालमा चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा बङ्गलादेशका प्रधानमन्त्री रहमानको बधाई

एजेन्सी, २६ फागुन । बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले नेपालमा प्रतिनिधिसभा सदस्य चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाल सरकार तथा नेपाली नागरिकलाई बधाई दिनुभएको छ ।

प्रधानमन्त्री रहमानले शुभकामना सन्देशमार्फत नेपालको लोकतान्त्रिक अभ्यासको प्रशंसा गर्नुभयो । यो चुनावले नेपाली नागरिकको आकाङ्क्षा, धैर्यता र लोकतान्त्रिक संस्थाहरूको मजबुती झल्काएको उहाँले उल्लेख गर्नुभएको छ । सन्देशमा बङ्गलादेश र नेपालबीचको दीर्घकालीन मित्रता र सहकार्यलाई अझ बलियो बनाउने अपेक्षा छ ।

प्रधानमन्त्री रहमानले आउँदा दिनमा दुई देशबीच व्यापार, विकास तथा क्षेत्रीय सहकार्यका क्षेत्रमा सम्बन्ध थप विस्तार हुने विश्वास पनि व्यक्त गर्नुभएको छ । बङ्गलादेशमा पनि सन् २०२४ मा विद्यार्थी आन्दोलन भएको थियो । आन्दोलनपछि गएको माघमा भएको चुनावमा बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले बहुमत ल्याएपछि बीएनपीका अध्यक्ष रहमान प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।

यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई फोन गरेर बधाई दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १७ असोज । अष्ट्रेलियामा रोजगारीका लागि उपलब्ध रिक्त पदको सङ्ख्या लगातार दोस्रो तीन महिनाको अवधिमा घटेको छ । यसले देशको

एजेन्सी, १६ असोज । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विद्यार्थी भिसासम्बन्धी नियम थप कडा बनाएको छ ।  नयाँ व्यवस्था अक्टोबर २ अर्थात्

एजेन्सी, १६ असोज । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग लामो दूरीका प्रहार रोक्ने गरी युद्धविराम गर्ने प्रस्ताव अस्वीकार गरेका छन् ।

काठमाडौँ, १५ असोज । अफगानिस्तानका दुई प्रान्तमा पाकिस्तानले रातभर गरेको हवाई आक्रमणमा नौ महिला तथा बालबालिकाको मृत्यु र ११ जना सर्वसाधारण