‘आबाट आमा’को कमाइ १२ करोड ६६ लाखबढी

काठमाडौँ, २५ फागुन । ‘आबाट आमा’ अभिनेता पल शाहको करिअरमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ ।

२३ फागुनको शनिबारसम्म यो फिल्मले देशब्यापी १२ करोड ६६ लाख ९० हजार ९८१ रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

सोही अवधिसम्म यो फिल्मले ४ लाख ८२ हजार ६४७ वटा टिकट बिक्री गरेको छ । यसअघि उनी अभिनित ‘शत्रु गते’ ले १२ करोड ६५ लाख ८२ हजार १३५ रुपैयाँ ग्रस कमाइ गरेको थियो ।

चन्द्र पन्त निर्देशित फिल्म ‘आबाट आमा’ अहिले पनि हलमा चलिरहेको छ । दिनेश राउत निर्देशित ‘कुमारी’ ले पछिल्लो शनिबारसम्म देशब्यापी ६५ लाख रुपैयाँ ग्रस कमाएको छ । ‘रमितको पिरती’ ले ३० लाख १३ हजार ८४३ रुपैयाँ ग्रस कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्