काठमाडौँ, २५ फागुन । अन्तर्राष्ट्रिय फिल्म ‘द ब्लफ’ मा शीर्ष भूमिकामा देखिएकी अभिनेत्री प्रियंका चोपडालाई यस वर्षको अस्कर समारोहमा प्रस्तोता (प्रेजेन्टर) का रूपमा घोषणा गरिएको छ ।
यो सम्मान पाएकोमा खुशी व्यक्त गर्दै प्रियंकाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत प्रशंसक र अनुयायीसँग खबर साझा गरेकी छन् ।
पोस्टमा छोटकरीमा ‘२०२६ एकेडेमी अवार्ड्स’ भनेर क्याप्सन लेखेकी छन् । खबर सार्वजनिक भएपछि उनका प्रशंसक, साथीभाइ, परिवार तथा भारतीय र हलिउड फिल्म क्षेत्रमा खुसी व्यक्त गरिएको छ । प्रख्यात स्ट्यान्ड-अप कमेडियन जाकिर खानले टिप्पणी गर्दै लेखेका छन्, ‘बधाई छ, तपाईं हाम्रो नायक हुनुहुन्छ ।’
प्रियंका चोपडासँगै यस वर्षका नयाँ प्रस्तोताको सूचीमा रोबर्ट डाउनी जुनियर, एन ह्याथवे, पल मेस्कल, विल आर्नेट र ग्विनिथ पाल्ट्रो पनि समावेश छन् ।






