हात्तीको आक्रमणमा एक जनाको मृत्यु

काठमाडौँ, २२ फागुन । मोरङमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट बेलबारी नगरपालिका– ११ धार्मिक चोक निवासी ४५ वर्षीय विष्णु तामाङको हात्तीको मृत्यु भएको हो ।

बिहीबार साँझ घाँसदाउरा लिएर जङ्गलबाट फर्कने क्रममा तामाङलाई हात्तीले आक्रमण गरेको हो । घटनापछि आफन्त साथै स्थानीयले खोजी गर्ने क्रममा बेलबारी नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गबाट करिब दुई किलोमिटरभित्र पर्ने सिर्जना सामुुदायिक वन क्षेत्रमा तामाङको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ फागुन । मोरङमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बेलबारी नगरपालिका– १० स्थित सिर्जना

काठमाडौँ, २२ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, २२ फागुन । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको रहेको जल तथा मौसम विज्ञान विभागले

काठमाडौँ, २२ फागुन । आज २०८२ साल फागुन २२ गते शुक्रबारको राशिफल । मेष : स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने दिन