निर्वाचन विरोधी गतिविधिमा संलग्न २४ जना पक्राउ

काठमाडौँ, २१ फागुन । आज सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा आचारसंहिता विपरीत र निर्वाचन विरोधी गतिविधिमा संलग्न २४ जनालाई प्रहरीले देशका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ उपत्यकासहित सातै प्रदेशबाट निर्वाचन सुरक्षामा खलल पुर्‍याउन खोज्नेहरूलाई पक्राउ गरिएको हो । 

यसरी पक्राउ पर्नेहरूमा बागमती प्रदेशबाट सबैभन्दा बढी ७ जना रहेका छन् भने मधेश र सुदूरपश्चिमबाट ४–४ जना, कोशी र गण्डकीबाट ३–३ जना तथा काठमाडौँ उपत्यका, लुम्बिनी र कर्णाली प्रदेशबाट १–१ जना रहेका छन् । निर्वाचनलाई भयरहित बनाउन र सुरक्षा चुनौतीको सामना गर्न प्रहरीले मतदानका दिन कडा निगरानी बढाएको थियो ।

सुरक्षा व्यवस्थालाई थप कडा बनाउने क्रममा प्रहरीले अनुमति बिना चलाइएका २ हजार ५ सय ९७ वटा सवारी साधनहरूलाई पनि होल्ड गरेको छ । जसमा २ हजार ३ सय ५१ वटा दुई पाङ्ग्रे र २४६ वटा चार पाङ्ग्रे सवारी साधन रहेका छन् । लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै ८ सय ८७ र काठमाडौँ उपत्यकामा ८ सय ३० वटा सवारी साधन नियन्त्रणमा लिइएका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ फागुन । नेकपा एमलेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण रुपमा प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएको भन्दै सरकार र

मनाङ, २१ फागुन । मनाङमा ४० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले दिएको जानकारी अनुसार ४०.५७

काठमाडौँ, २१ फागुन । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौँको विशालनगरस्थित मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्नुभएको

काठमाडौँ, २१ फागुन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उत्तेजना, घृणा, प्रतिशोध र निषेधको राजनीतिले सुशासनको गन्तव्यमा नपुर्‍याउने बताएका छन् ।