प्रधानमन्त्री कार्कीद्वारा बधाई सन्देश

काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचन ऐतिहासिक रूपमा शान्तिपूर्ण तरिकाले सम्पन्न भएकोमा सम्पूर्ण नेपाली जनतालाई बधाई दिएकी छन् । 

मतदान पश्चात् आफ्नो आधिकारिक फेसबुक पेजमार्फत एक सन्देश जारी गर्दै उनले निर्वाचन सफल पार्न सहयोग गर्ने सबै पक्षप्रति हार्दिक आभार तथा धन्यवाद ज्ञापन गरेकी हुन् । 

फेसबुकमा लेख्दै प्रधानमन्त्री कार्कीले जनताको उत्साहजनक सहभागिताले लोकतन्त्रलाई थप बलियो बनाएको उल्लेख गरेकी छन् । उनले लेखिन्, ‘उत्साहजनक सहभागिताका साथ ऐतिहासिक रूपमा शान्तिपूर्ण निर्वाचन सम्पन्न गरी मुलुकलाई लोकतान्त्रिक र संविधानसम्मत निकास दिन सफल भएकामा सम्पूर्ण नेपाली जनतालाई बधाई ।’

निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन भूमिका खेल्ने विभिन्न निकाय र व्यक्तिहरूलाई धन्यवाद दिँदै प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगको कुशल नेतृत्व, सुरक्षाकर्मीहरूको उच्च मनोबल र राष्ट्रप्रतिको वफादारिता, आफ्नो मन्त्रिपरिषद्का सदस्य तथा राष्ट्रसेवक कर्मचारीहरूको लगनशीलताको उच्च प्रशंसा गरेकी छन् ।  छ। यसैगरी उनले राजनीतिक दल, उम्मेदवार, अन्तर्राष्ट्रिय समुदाय र सञ्चार माध्यमले देखाएको सकारात्मक सहयोग र जिम्मेवार भूमिकाको पनि सराहना व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ फागुन । नेकपा एमलेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण रुपमा प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएको भन्दै सरकार र

मनाङ, २१ फागुन । मनाङमा ४० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले दिएको जानकारी अनुसार ४०.५७

काठमाडौँ, २१ फागुन । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौँको विशालनगरस्थित मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्नुभएको

काठमाडौँ, २१ फागुन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उत्तेजना, घृणा, प्रतिशोध र निषेधको राजनीतिले सुशासनको गन्तव्यमा नपुर्‍याउने बताएका छन् ।