अध्यक्ष ओलीले दिए सरकार र आयोगलाई धन्यवाद

काठमाडौँ, २१ फागुन । नेकपा एमलेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण रुपमा प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएको भन्दै सरकार र निवर्जाचन आयोगलाई धन्यवाद दिएका छन् । 

उनले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सरकार र निवर्जाचन आयोगलाई धन्यवाद दिएका हुन् । 

उनले भनेका छन्, ‘देशभर आम रूपमा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ। निर्वाचन सम्पन्न गरेकोमा सरकार, निर्वाचन आयोग, मतदानमा सहभागी हुनु भएका सम्पूर्ण मतदाता, निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी सबैलाई धन्यवाद ।’ निर्वाचनमा सक्रिय पार्टीका कार्यकर्ता तथा प्रतिनिधिहरूलाई पनि ओलीले धन्यवाद दिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ फागुन । नेकपा एमलेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण रुपमा प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएको भन्दै सरकार र

मनाङ, २१ फागुन । मनाङमा ४० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले दिएको जानकारी अनुसार ४०.५७

काठमाडौँ, २१ फागुन । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौँको विशालनगरस्थित मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्नुभएको

काठमाडौँ, २१ फागुन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उत्तेजना, घृणा, प्रतिशोध र निषेधको राजनीतिले सुशासनको गन्तव्यमा नपुर्‍याउने बताएका छन् ।