मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ, २१ फागुन । उदयपुरमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

प्रहरीका अनुसार चौदण्डीगढी नगरपालिका–९ को हँडियाबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०५००२ क १८२७ नम्बरको मोटरसाइल अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकमा सवार सोही नगरपालिका—५ का १८ वर्षीय समीर चौधरीको घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा सोही स्थानका १८ वर्षीय मौषम चौधरी र २३ वर्षीय अशोक चौधरी घाइते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ फागुन । नेकपा एमलेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण रुपमा प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएको भन्दै सरकार र

मनाङ, २१ फागुन । मनाङमा ४० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले दिएको जानकारी अनुसार ४०.५७

काठमाडौँ, २१ फागुन । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौँको विशालनगरस्थित मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्नुभएको

काठमाडौँ, २१ फागुन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उत्तेजना, घृणा, प्रतिशोध र निषेधको राजनीतिले सुशासनको गन्तव्यमा नपुर्‍याउने बताएका छन् ।