काठमाडौँ, २१ फागुन । नेपाली कम्युनिस्ट पार्टी रौतहट–२ का उम्मेदवार किरण कुमार साहले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
जेनजी आन्दोलनपछि विषम परिस्थितिमा भएको निर्वाचनमा बुथ कब्जा हुँदासमेत पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपाल निरिह रहेकाले पार्टी त्याग गरेको घोषणा गरेको उनले बताएका छन् ।
उनले भनेका छन्, ‘जेनजी आन्दोलनपछि विषम परिस्थितिमा यो निर्वाचन भइरहेको छ । तर बहुसंख्यक हिन्दु भएको क्षेत्रमा आफूले चुनाव जित्ने स्थिति हुँदाहुँदै सरकार, पार्टीका संयोजक प्रचण्ड र सहसंयोजक नेपालको निरिहताका कारण म पार्टी छोड्ने घोषण गर्छु ।’





