काठमाडौँ, २१ फागुन । दोलखामा हवाई फायर भएको छ । दोलखाको मालु मतदानस्थलमा विवाद भएको हो ।
मतदान गर्ने क्रममा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो । जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले हवाई फायर भएको पुष्टि गरे ।
‘निर्वाचन खटिएका कर्मचारीमाथि नै हातपात गर्न खोजेपछि हवाई फार भएको हो । अहिले सामान्य नाराबाजी भइरहेको छ,’ आलेले भने ।





