काठमाडौँ, २१ फागुन । बाँकेको खजुरा गाउँपालिका–६ स्थित गिजरामा भेटिएको शङ्कास्पद बस्तु सेनाले निष्क्रिय पारेको छ ।
गएराति गिजराबाट सिमलघारी जाने भित्री सडकमा शङ्कास्पद बस्तु भेटिएको थियो । निर्वाचन बिथोल्न खोज्ने समूहले राखेको सो शङ्कास्पद बस्तु होक्स रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
घटनास्थल सुरक्षित बनाउँदै बम डिस्पोजल टोलीको सहयोगमा शङ्कास्पद बस्तु निष्क्रिय पारिएको छ ।





