काठमाडौँ, २१ फागुन । निर्वाचनको सुरक्षामा करिब ३ लाख ३४ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।
केन्द्रीय सुरक्षा समितिबाट पारित एकीकृत सुरक्षा योजना अनुसार चुनावको सुरक्षामा ७९ हजार सेना फिल्डमा परिचालिन छन् ।
निर्वाचन सुरक्षामा ७३ हजार प्रहरी खटिएका छन् । सशस्त्र प्रहरीले ३१ हजार जनशक्ति परिचालन गरेको छ । राष्ट्रिय अनुसन्धान विभागबाट १ हजार ८ सय जनशक्ति फिल्डमा सूचना सङ्कलनको लागि खटिएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागी बिहीबार मतदान सुरु भएको छ । प्रतिनिधिसभातर्फ २ सय ७५ सिटमा निर्वाचन हुँदै छ । जसमा १६५ प्रत्यक्ष र १ सय १० सिट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिहरुको टुङ्गो लाग्नेछ ।






