काठमाडौँमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज

काठमाडौँ, २१ फागुन । काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित चाबहिल साँखु सडकमा भेटिएको शङ्कास्पद बस्तु सुरक्षाकर्मीहरूले डिस्पोज गरेका छन् । 

इन्द्रायणीमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज पारिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

सशस्त्र प्रहरीको सुरक्षा बेस थलीबाट मोबाइल गस्तीमा खटिएका इनस्पेक्टर परशुराम थापा नेतृत्वको टोलीले शङ्कास्पद बस्तु देखेपछि सेनालाई खबर गरेका थिए । डिस्पोज गर्दा सो बस्तु बोरामा ढुङ्गा राखेर सडकमा राखेको थाहा भएको छ । 

सेनाको रणचण्डी गण सुन्दरीजलको बम डिस्पोजल टोलीले बिहान करिब ६ बजेतिर सो बस्तु निष्क्रिय बनाएपछि सड्क सुचारु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ फागुन । नेकपा एमलेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण रुपमा प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएको भन्दै सरकार र

मनाङ, २१ फागुन । मनाङमा ४० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले दिएको जानकारी अनुसार ४०.५७

काठमाडौँ, २१ फागुन । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौँको विशालनगरस्थित मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्नुभएको

काठमाडौँ, २१ फागुन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उत्तेजना, घृणा, प्रतिशोध र निषेधको राजनीतिले सुशासनको गन्तव्यमा नपुर्‍याउने बताएका छन् ।