इरानमा मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

एजेन्सी, २१ फागुन । अमेरिका र इजरायलको संयुक्त आक्रमणको पाँचौँ दिन इरानभरका सुरक्षा बलहरूलाई लक्षित गरी इजरायलले भीषण हवाई आक्रमण गरेको छ ।

यस आक्रमणमा परी मृत्यु हुनेको संख्या १,०४५ पुगेको छ । जवाफमा इरानले पनि प्रतिशोधात्मक आक्रमण सुरु गर्दै मध्यपूर्वका सैन्य र आर्थिक पूर्वाधारहरू ध्वस्त पारिदिने चेतावनी दिएको छ ।

इरानी समाचार एजेन्सी ‘तस्निम’का अनुसार बुधबार इजरायलले राजधानी तेहरान, पवित्र सहर कोम, पश्चिमी इरान र इसफाहान प्रान्तमा बमबारी गरेको छ । यी आक्रमणहरूमा आवासीय भवनहरूमा समेत क्षति पुगेको बताइएको छ । इजरायलले विशेष गरी इरानको रिभोलुसनरी गार्ड्सअन्तर्गतको स्वयंसेवक बल बसिज र आन्तरिक सुरक्षा कमाण्डसँग सम्बन्धित भवनहरूलाई निशाना बनाएको दाबी गरेको छ ।

इरानी नागरिकहरू यो युद्धको सबैभन्दा ठूलो मारमा परेका छन्। हालसम्म ६,००० भन्दा बढी मानिस घाइते भएका छन् भने ३०० भन्दा बढी बालबालिका र किशोरकिशोरीहरू अस्पताल भर्ना भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ फागुन । नेकपा एमलेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण रुपमा प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएको भन्दै सरकार र

मनाङ, २१ फागुन । मनाङमा ४० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले दिएको जानकारी अनुसार ४०.५७

काठमाडौँ, २१ फागुन । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौँको विशालनगरस्थित मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्नुभएको

काठमाडौँ, २१ फागुन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उत्तेजना, घृणा, प्रतिशोध र निषेधको राजनीतिले सुशासनको गन्तव्यमा नपुर्‍याउने बताएका छन् ।