काठमाडौँ, २० फागुन । नेपाल एयरलाइन्सले साउदीको दमाम र कतारको दोहामा निर्धारित उडान रद्द गरेको छ ।
नेपाल एयरलाइन्सले आज एक सूचना प्रकाशित गरी दुई गन्तव्यमा निर्धारित उडानहरू रद्द गरेको जनाएको हो । दुबई, दोहा र दमाममा हुने आगामी दिनको उडान सम्बन्धमा नेपाल एयरलाइन्सको सूचना वा तोकिएको नम्बरमा सम्पर्क गरेर मात्र विमानस्थल आउन समेत कम्पनीले सचेत गराएको छ ।
साथै वेबसाइटबाट समेत सूचना जारी हुने नेवानिको भनाइ छ । खाडीमा युद्ध चर्किएसँगै नेवानिबाहेक अन्य कम्पनीको उडान समेत निरन्तर प्रभावित बनिरहेको छ ।





